बारामा दुई किलोभन्दा बढी अफिमसहित तीन जना पक्राउ

साझेदारी दैनिक
640 पाठक संख्या

कलैया । बारा प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई पकाउ गरेको छ । विशेष सूचनाको आधारमा आज इलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं.०७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, बीरगंज महानगरपालिका वडा नं. ११ बस्ने अन्दाजी ३२ वर्षीय जौवाद अहमद र बिन्दावासनी गाउँपालिका वडा नं. ०२ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिय रहेको जिल्ला प्रहरीले कार्यालय बाराले जनाएको छ ।

बारा जिल्लाको प्रसौनी गाँउपालिका वडा नं. ०१ नकटुवा स्थित पतञ्जलीबाट नकटुवा तर्फ जादै गरेको बिआर ०१ सिएल ६०७९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा पछाडीको सिट माथी कालो प्लष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम (२ दुई पोका) ओसारपसार गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेश राज भट्टले जानकारी दिएका छन् ।

उनका अनुसार लागू औषध अफिमसहित पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review

This will close in 0 seconds