राजा सहितको सबै शक्ति अटाउने नयाँ ब्यवस्था चाहिन्छ–अध्यक्ष लिङ्गदेन

राम मण्डल
360 पाठक संख्या

वीरगञ्ज : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले राजा सहितको सबै शक्ति अटाउने नयाँ ब्यवस्था हुनुपर्ने बताएका छन्।

वीरगञ्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुरानो ब्यवस्था हटाएर नयाँ ब्यवस्थामा जानुपर्ने बताए।

राजा सहित अन्य राजनीतिक शक्ति अटाउने मिलेर नयाँ सम्झौता गरेर जान उनको आग्रह थियोे ।कसैलाई पनि निषेध गर्न नचाहेको बताउदै लिङ्गदेनले नयाँ ब्यावस्थाको लागि जनता चुप लागेर नबस्ने जनाए।

मधेस पहाड हिमाल कहिको पनि जनता अब चुप लागेर नबस्ने दाबी लिङ्गदेनको थियो। जनताको भोटलाई देश लुट्ने लाइसेन्स ठान्दै आएका हरुको लाइसेन्स खारेज भइसकेको उनले टिप्पणी गरे। कार्यक्रममा वीरगञ्जका फिल्म निर्माता एवम् कलाकार नन्दु श्रीवास्तव राप्रपामा प्रवेश गरेका थिए ।

उनी यसअघि पनि राप्रपामै थिए। पछिल्लो समय राजनीतिबाट टाढा रहदै आएका थिए।उनी वीरगञ्जका पुर्ब मेयर बिमल श्रीवास्तवका भाइ हुन ।उनलाई पार्टी अध्यक्ष लिङ्गदेनले गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पूर्व राजाको पक्षमा वीरगञ्जमा मोटरसाइकल -याली निकालिएको छ। मोटरसाइकल र्‍यालीले वीरगञ्ज महानगरक्षेत्रको विभिन्न भागको परिक्रमा गर्दै लालबङ्लामा पुगेर बृहत आम सभामा परिणत भएको थियोे ।

मोटरसाइकल र्‍यालीमा सहभागी भएकाहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’लगायतको नारा लगाएका थिए ।मोटरसाइकल र्‍याली तथा आम सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,दिपक सिंहको सहभागिता रहेको थियोे ।

२०७२ सालको अबैध संविधान खारेज गरौं,नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गरौं भन्ने नाराका साथ राष्ट्रिय नागरिक संघर्ष समितिले आमसभाको आयोजना गरेको हो।

आमसभालाई सम्बोधन गर्ने वक्ताहरुले राष्ट्र बचाउनको लागि राजा चाहिएको बताएका थिए। उनीहरुले अहिलेका नेताहरू देश लुट्नमा नै ब्यस्त भएकाले राजा ल्याउन माग गरेका थिए।

Leave a review