विशुनपुर्वामा बित्तिय शिक्षा एवम व्यवसायिक ज्ञान सम्बन्धी ३ दिने तालिम संचालन

साझेदारी दैनिक
727 पाठक संख्या

बारागढी गाउँपालिका वडा नम्बर २ विशुनपुर्वामा बित्तिय शिक्षा एवम ब्यावसायिक ज्ञान तथा सदस्य शिक्षा ३ दिने तालिम संचालन भएको छ ।
नेपाल सरकार उद्योग बाणिज्य मन्त्रालय , ग्रामीण उधम तथा बिप्रेषण आयोजना “समृद्धि “को केही आर्थिक तथा प्राबिधिक सहयोगमा तामागढी बचत तथा ऋण सहकारी संस्था लि. कोल्हबी बाराको आयोजना उक्त तालिम संचालन भएको हो ।
तालिम विहिवारदेखी शुरु भएको र शनिवार सम्पन्न गरिने उक्त तालिममा आयोजक सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमाल र कार्यलय सहायक उमेश सापकोटाले सहजीकरण गराईरहेका छन ।
विहिवार औपचारिक कार्यक्रमका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष कृष्ण चौधरी, संस्थाका सन्चालक सदस्य मोकदम अन्सारी ज्यु,कर्जा समिती सदस्य तथा तामागाढी बहुउद्देश्यीय सहकारी संस्था लिका उपाध्यक्ष चिन्तामणी प्रसाद चौधरी, संचालक समिती सदस्य तथा संस्थाको सेवाकेन्द्र खोपवाका सेवा केन्द्र सन्योजक राजकुमार चौधरी लगायतकाले सम्बोधन गरेका थिए ।

 

Leave a review

This will close in 0 seconds