बारामा भएको सवारी दुर्घटनामा परि मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
जिल्लाको परवानीपुर गाउपालिका–४ स्थित ना ४ त ३४३२ नम्बरको पिकअपले ना २१ प १८३१ नम्बरको मोटरसाईकललाई मंगलबार राति ठक्कर दिएको थियो ।
पिकअपको ठक्करबाट मोटरसाईकल चालक वीरगञ्ज महानगरपालिका–१९ निवासी ३८ बर्षिय राजेश रामको मृत्यु भएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते भएका रामको उपचारको क्रममा वीरगञ्जको नारायणी बयोद्धा अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन ।
यस्तै दुर्घटनामा परि मोटरसाईकलमै सवार मृतक रामकी छोरीहरु १९ बर्षिय ममता कुमारी र १३ बर्षिय मुस्कान कुमारीको बयोद्धा अस्पतालमै उपचार भईरहेको प्रबक्ता मिश्रले बताए ।
ठक्कर दिने पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको तथा चालक फरार रहेको प्रहरीले जनाएको छ ।

