वाणिज्य बैंकद्वारा कलैया अस्पताललाई वाटर डिस्पेनसर सहयोग

साझेदारी दैनिक
साझेदारी दैनिक 362 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया अस्पताल भित्र रहेको कोभिड १९ कोरोना भाईरस संक्रमितलाई राष्ट्रियलाई वाणिज्य बैक कलैया शाखाद्धारा आईतवार एक वटा डिस्पेनसर प्रदान गरेको छ ।

राष्ट्रियलाई वाणिज्य बैक कलैया शाखाका सहायक प्रवन्धक महेश दर्लामी र बैकका प्रशासन प्रमुख वरुण गुप्ताले एक कार्यक्रमको विच डिस्पेनसर प्रदान गर्नुभएको हो ।

कोरोना संक्रमित तथा अन्य बिरामी र स्वास्थ्यकर्मीहरुलाई तातो र चिसो पानी खान नपाएको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि वाणिज्य बैंक कलैया शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कलैया अस्पताललाई सो वाटर डिस्पेनसर प्रदान गरिएको बैकका शाखा प्रवन्धक विवेक श्रीवास्तवले साझेदारीलाई जानकारी दिनुभयो ।

बैकका शाखा प्रवन्धक श्रीवास्तवले भने “केही दिन अघि विभिन्न संचारमाध्यममा कलैया अस्पताल स्थित कोभिड अस्पतालमा संक्रमितहरुलाई तातो,चिसो र नर्मल पानी नपाएको समाचार आएपछि बैंकले वाटर डिस्पेनसर (तातो,चिसो र नर्मल) एक थान प्रदान गरिएको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस
Leave a review