Sajhedari Daily
Latest News from Nepal

तामागढी सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा कोल्हवीमा सम्पन्न

कोल्हवी, १६ असोज
बाराको कोल्हवीमा अवस्थित तामागढी बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं बार्षिक साधारणसभा शनिवार कोल्हवीको तामागढी पार्टी प्यालेसमा सम्पन्न भएको छ।
संस्थाका संचालका समितिका अध्यक्ष श्याम प्रसाद खनालको अध्यक्ष तथासंस्थाका जेष्ठ सदस्य ओमनाथ खनालको प्रमुख आतिथ्यतामा साधारणसभको उद्घाटन समारोह भएको थियो ।
उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ७ का अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, करैयामाई गाउँपालिका वडा न.१ का अध्यक्ष सोनालाल साह,बारागढी गा.पा.वडा न.२ का अध्यक्ष कृष्ण प्रसाद चौधरी डाल कुमार खड्का,पृथ्वीराज शिवाकोटी लगायतकाले सम्बोधन गरेका थिए ।
सो अवसरमा संचालक समितिका अध्यक्ष श्याम प्रसाद खनालले आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रतिवेदन र लेखा समितिका संयोजक एकराज आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचत कर्ता,बाल खुत्रुके बचत, लखपति बचत, अनिवार्य बचत, नियमित बचत तथा उतकृष्ट ऋणिहरुलाई सम्मानपत्रद्दारा सम्मान पनि गरीएको मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिएका छन ।
कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य, समाजसेवी, बुद्धिजीवी सुरक्षाकर्मी, पत्रकार तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य चन्द्रावती देवि चौधरीले गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचीव पदमजंग प्यकुरेलले गर्नुभएको थियोे ।
साधारण सभाले नयाँ नेतृत्व चयनः
सहकारी संस्थाको कोल्हवी स्थित तामागढी पार्टी भ्युमा सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । आगामी कार्यकालका लागि संचालक समितिका अध्यक्षमा राज हरण चौधरी,उपाध्यक्षमा पृथ्वीराज शिवाकोटी, सचिवमा पदमजंग प्याकुरेल, सहसचिवमा रामकाजी खड्का, कोषाध्यक्षमा कालिका दवाडी भण्डारी, सदस्यमा मोकदम अन्सारी, चन्द्रावतीदेवि चौधरी, फनिप्रसाद मैनाली लगायत १३ सदस्यीय संचालक समिति चयन भएको छ ।
त्यस्तै लेखासुरिवेषण समितिको संयोजकमा एकराज आचार्य ,सदस्यमा गोबिन्द पौडेल र सरिता उप्रेती मैनाली चयन भएका छन ।

Comments are closed.

error: Content is protected !!