Sajhedari Daily
Latest News from Nepal

जीतपुरसिमरा उपमहानगरपालिकाको पसलमा आगलागि हुँदा लाखौँको क्षती

Top Aside Banner

रञ्जन यादब /
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ को एउटा पसलमा आगलागि हुँदा जलेर करिब १२ लाख मुल्य बराबरको समान क्षती भएको छ ।स्थानीय राम प्रसाद महत्तोको पसलमा गएराती एक बजे आगलागि भएको थियो ।

आगलागिबाट हार्डवेयरका समान ,ग्यास सिलिन्डर, बिउँ ,मल,पोटास, खेतमा छर्किने औषधी ,डिप फ्रिज ,पंखा लगायतको समान जलेर करिब १२ लाखको समान जलेर नष्ट भएको पसलका सञ्चालक महत्तोले जानकारी दिनुभयो ।

गम्हरगाँवा गाउँमा एउटै पसलमा हार्डवेयर र बिउँबिजन का पसल सञ्चालनमा थियो ।आगलागिबाट पसल भएको फुस र बाँसले बनाईएको घर पुर्ण रुपमा जलेट नष्ट भएको छ ।

के कारणले आगलागि भएको हो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । आगलागि भएको पसलको वडा नं.१० का वडा अध्यक्ष सरोज पटेल, वडा नं.८ का वडा अध्यक्ष रामबाबु पटेल र वडा सदस्य तरुण सहनी लगायतले अनुगमन गरेको थियो ।