काजुसहित मिनी ट्रक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
872 पाठक संख्या

कलैया :सर्लाही प्रहरीले काजु सहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ । सर्लाहीको बागमती नगरपालिका- १२ स्थित चेकपोष्टमा प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिएको हो।

मदनपुर सर्लाहीबाट काठमाण्डौ तर्फ जादै गरेको ग २ ख १४१८ नम्बरको (परालको भुस) लोड भएको मिनि ट्रक गाडी रोकी प्रहरीले जाँच गरेको हो। उक्त ट्रक गाडीमा परालको भुस भित्र लुकाई छिपाई लोड गरी ल्याएको काजु बरामद गरि उक्त ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सो बरामद गरिएको १० क्विन्टल काजुको अन्दाजी मुल्य १५ लाख रुपैया बराबरको रहेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपलिका –१३ बसवरीया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशी झा समेतलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds