नेकपा एमाले जीतपुरासिमरा उपमहानगरपालिका वडा नम्बर ३ का पदाधिकारी र सदस्यको सपथ ग्रहण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
एमाले बारा अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि देबनारायण चौधरीले सपथप्रगण गराएका थिए ।
कार्यक्रममा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य मनोज पौडेल,जिल्ला कमिटी सदस्य तारा कार्की,अमृतलाल श्रेष्ठ,बिरेन्द्र गिरी, शंकर तमाङ, शोभा खतिवडा लगायतले नव निर्वाचित कमिटीलाई बधाई दिएका थिए । कार्यक्रममा जिल्ला सदस्यहरु जयकिशोर चौधरी, कपुर राज पुरी,शर्मिला तामाङ,राजुराज गिरिलगायतको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित वडा कमिटी अध्यक्ष सुक्र श्रेष्ठको अध्यक्षतामा उक्त सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।


