नेपाली महिला फुटबल तोलिमा निजगढकी करुणा

साझेदारी दैनिक
346 पाठक संख्या

नवराज चौलागाईं/

नेपाली राष्ट्रिय महिला फुटबल टोलिमा निजगढ फुटबल क्लबकी गोलरक्षक करुणा बुढाथोकी समावेश भएकी छिन् ।

अखिल नेपाल फुटबल संंघ एन्फाले बिहिबार घोषणा गरेको अन्डर १९ को २३ सदस्यीय नेपाली राष्ट्रिय महिला टोलिमा निजगढकी बुढाथोकी समावेश भएकि हुन् ।

यसअघि उनले अण्डर १५ र अण्डर १७ बाट पनि नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । बुढाथोकी लगातार उमेर समूहको राष्ट्रिय टोलिमा स्थान बनाउन सफल भएकी हुन् ।

अण्डर १९महिला साफ च्याम्पियनसिप प्रतियोगिता खेल्ने टोलिमा गोलरक्षक बुढाथोकी समावेश भएपछी निजगढमा प्रसन्नता व्यक्त गरिएको छ ।

निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले क्लबले संचालन गरेको निरन्तर प्रशिक्षणको प्रतिफल स्वरुप महिला तथा पुरुष फुटबल टोलिमा आफ्ना खेलाडीहरुले निरन्तर स्थान बनाईरहेको बताए ।

बङ्लादेशको राजधानी ढाकामा फेब्रुअरी २ देखि ८ सम्म संचालन हुने सो प्रतियोगितामा आयोजक बङ्लादेश सहित नेपाल,भारत र भुटानले सहभागिता जनाउने छ ।

Leave a review