प्रणामी युवा परिषदद्धारा ४५ जना बालबालिकालाई न्यायो कपडा वितरण

साझेदारी दैनिक
652 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मौलापुरमा अवस्थित जनचेतना आधारभुत बिद्यालयका बालबालिकाहरुलाई शुक्रवार एक कार्यक्रमवीच न्यानो कपडा तथा टोपी बितरण गरिएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति बाराको आयोजनामा बिद्यालयका ४५ विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको होे । न्यायो कपडा वितरण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडाअध्यक्ष चयन गुरुङले बालबालिकाहरुलाई न्यायो कपडा हस्तान्तरण गरेकी थिईन ।

युवा परिषद बाराका अध्यक्ष सुमन प्रसाद सुबेदीको अध्यक्षता आयोजित उक्त कार्यक्रममा युवा परिषद नेपाल केन्द्रीय सदस्य तथा बारा पर्सा इन्चार्ज दिपक सापकोटा, युवा परिषद मधेस प्रदेश संयोजक जयराज भट्टराई, उपाध्यक्ष समुन्द्र नेपाल,सिमराका समाजसेवी विनोद सापकोटा बिधालय ब्यावस्थापन समिति अध्यक्ष काली बहादुर लामा, विद्यालयकी प्रअ भवानी कुमारी पाण्डे, युवा परिषद बाराका उपाध्यक्ष दिपक प्रसाद बजगाई लगायतको उपस्थिति रहेको थियो ।

श्रीकृष्ण प्रणामी युवा परिषद , बाराले परिषदमा आवद्ध बारा,पर्साका सदस्यहरु र अन्य व्याक्तिगत रुपमा संकलित रकमबाट उक्त न्यायो कपडा वितरण गरिएको परिषदकी कोषाध्यक्ष रिता भट्टले बताईन । युवा परिषदले हरेक वर्ष विभिन्न स्थानमा आर्थिक अवस्था कमजोर भएका शितलहर पिडितहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ ।

यस्ता न्यायो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिने परिषदका अध्यक्ष सुवेदीले साझेदारीलाई बताए । न्यानो कपडा बितरण कार्यक्रमका संयोजक युवा परिषद बाराका सचिव साथै तामागढी बचत तथा ऋण सहकारी संस्था सिमरा सेवाकेन्द्र प्रमुख उमेश सापकोटाले उक्त वितरण कार्यक्रमको संचालन गरेका थिए ।

Leave a review