बारासहित तराई मधेसमा रक्षा बन्धन पर्वको रौनक बढ्यो,कलैयामा रक्षा सुत्र(राखी) किनमेल गर्नेहरुको भिड

राजेश कुशवाहा
326 पाठक संख्या

कलैया : हिन्दुहरुको महान पर्वको रुपमा रहेको रक्षा बन्धन पर्वको रौनक बढ्ेको छ । यो पर्ववको अवसरमा बारा जिल्ला सहित तराई मधेशमा नै पर्वको रमझम शुरु भएको हो ।

बाराको सदरमुकाम समेत रहेको कलैया बजारमा मात्र राखीका तीन दर्जन भन्दा बढी अस्थाई पसल खुलेपछि रक्षा बन्धन पर्वको रमझम देखिएको छ । रक्षा बन्धन पवै नजिकएपछि स्थानीय रेडियोहरुले समेत रक्षा बन्धनको गितहरु बजाउन थालेपछि पर्वको रौनक बढेको छ ।

रक्षा बन्धन पर्वको भोजपुरी र हिन्दी गितहरु स्थानीय एफ.एम. रेडियोहरुले गित बजाउन थालेका हुन ।रक्षा बन्धन पर्वका लागि ब्यवसायीहरुले भारतको दिल्ली , कल्लकता, पटना, बनारस , रक्सौल लगायतका स्थान बाट राखी किनेर ल्याएका छन । कलैया बजारमा रु पांच रुपैया देखि लिएर पांच सय रुपैया सम्मको राखी बिक्री भईरहेको कलैया उपमहानगरपालिका वडा नम्बर १ निवासी ब्यवसायी किशन कुमारले जानकारी दिएका छन ।

ब्यवसायीहरुले एक हप्ता पहिला नै राखी किनेर ल्याएका थिए। बिगत दुई दिन देखी कलैया बजारमा राखीको बिक्री बितरण शुरु भएको उनले बताए । ग्राहकहरुको माग अनुसार नै राखी ल्याईएको उनले बताए । राखी पर्वको पुर्व सन्धयामा अत्याधिक राखीको बिक्री हुने गरेको उनले जनाए । एक जना राखी ब्यवसायीले रक्षा बन्धन पर्वको एक दिन अगाडी पचास हजार रुपैया देखी लिएर एक लाख रुपैया सम्मको बिक्री हुने गरेको उनले भनाई छ ।

यो पर्व नजिकएपछि तराई मधेशका छोरी चेलीहरु आफनो माईत आउने क्रम शुरु भएको छ । दाजु भाईको लामो आयुको कामना गर्दे दिदी बहिनीहरुले दाई ,भाईको हातमा रक्षा सुत्र (राखी) बाध्ने गर्छन । माईत आउन नस्केका बहिनीहरुको घरमा पुगेर नै दाई, भाईले बहिनीबाट राखी बाध्ने चलन छ ।

यस बर्षको रक्षा बन्धन पर्व यही आउदो शनिबार २४ गते परेको छ । यसैदिन जनैपुर्णिमा पर्व पनि परेको छ । खासगरी जनैपुर्णिमा हिन्दुहरुले गुरुहरुबाट मन्त्र गरेर सुद्धता गरेको नयाँ जनै लगाउने र रक्षा बन्दधन बाध्यने चलन छ ।

Leave a review

This will close in 0 seconds