कोल्हवीको दुईवटा सहकारीमा एकैदिन चोरी

साझेदारी दैनिक
391 पाठक संख्या

बाराको कोल्हबी नगरपालिकाको प्रसौनी रहेको दुईवटा सहकारीमा चोरी भएको छ । चोर समुहले दुई वटा सहकारीको करिब ६ लाख रुपैया चोरी गरेका छन ।

नगरपालिकाको वडा नम्बर ६ मा रहेको दुईवटा सहकारी संस्थामा मंगलवार राती चोरी भएको हो ।

साना किसान कृषि सहकारी संस्था र निर्मल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरहरुले करिब ६ लाख रुपैंया नगद र कार्यालय सामान चोरी लगेको प्रहरीले जनाएको छ ।

चोर समुहले कार्यालयका ढोका,कोठा,पैसा राख्ने भल्ट फोडी तहाँ रहेको नगद चोरी लगेका छन् । सहकारीका कार्यालयमा जडित सिसिटिभि क्यामराका डिभाईस,मोनिटर समेत चोरी लगेको पाईएको ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख भोलामान सिंह अधिकारीले जानकारी दिएका छन ।

घटनाका सम्बन्धमा बुधबार विहान कार्यालय खुल्ने समयमा जानकारी भएपछी पुगेको प्रहरी अनुन्धान गरिरहेको निरीक्षक अधिकारीले बताए ।

चोर समुहले स्थानीय सहकारी लगायतका वित्तिय संस्थालाई निशाना बनाउँदा श्रृन्खलाबद्ध चोरीका घटना भैरहेका छन् ।

एकबर्षको अवधिमा जिल्लामा एकदर्जन सहकारी तथा बैंक, वित्तय संस्थाका कार्यालयमा चोरी भएका घटना बाहिर आएका छन् ।

साना किसान कृषि सहकारी संस्थाको भल्ट फोडी त्यहाँ रहेको ५ लाख ४५ हजार ९१५ नगद र सिसि क्यमराको डिभाईस् यस्तै निर्मल बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा रहेको स्टील दराज फोडी त्यहाँ रहेको ४५ हजार चोरी भएको सहकारीहरुले जनाएको छ ।

Leave a review