मुस्लिम धर्मावलम्बीले बकर इद हर्सोल्लाहसका मनाए

साझेदारी दैनिक
226 पाठक संख्या

मुस्लिम धर्मावलम्बीको विशेष पर्व बकर इद (इदुल जोहा) सोमवार हर्सोल्लाहसका मनाएका छन् ।

रमजान पर्व अर्थात इदुल फित्र अर्थात् ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ । मुबकर इद रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड पनि हो ।

सोमवार विहानदेखी नै मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढ्ेका छन् । उनीहरुले नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान साटासाटसमेत गरेका छन।

बाराको १६ वटै पालिकाहरुमा रहेका मुस्लिम धर्मावलम्बीले पनि मस्जिद वा इदगाहमा गएर सामूहिक नमाज पढेर शुभकामना आदानप्रदान गरेर पर्व मनाएका हुन ।

विषेसगरी यो पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने प्रचलन रहेको छ ।

बली दिएको पश कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ । तीन भाग मध्ये एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता रहेको कलैयाका अब्दुलरहीम साझेदारीलाई बताए ।

बकर इद (इदुल जोहा) पर्वका अवसरमा सरकारले सोमवार सार्वजनिक विदा समेत दिएको थियो ।

Leave a review