जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले असंगठित क्षेत्रका मजदुरहरुलाई समाजिक सुरक्षा कोषमा जोड्न जीतपुरसिमरा उपमहानगरपालिका लगानी गर्न तयार रहेको बताएका छन ।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपालको १० औँ अधिवेशनलाई सिमरामा शनिवार औपचारिक उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले यस्तो बताएका हुन ।
उनले समाजिक सुरक्षा कोषमा नजाने उद्योगहरुको ब्यवसाय दर्ता, सिफारिस लगायतका सेवाहरु उपमहानगरपालिकाले रोक्न सक्नेतर्फ सङ्केत गरेका छन् । नगर प्रमुख पौडेलले मजदुरहरुसँगको आपसी सहमतीमा यस्तो घोषणा गर्ने बताएका छन।
युनियनका अध्यक्ष रामपुकार पासवानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम बस्नेतले गरेका थिए ।
उद्घाटन पश्चात अधिवेशनको बन्द सत्रले नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपालले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले पुन राम पुकार पासवानको अध्यक्षतामा १३ सदस्सीय कमिटी सर्बसम्मत गठन गरेको छ । कमिटीको बरिष्ठ उपाध्यक्षमा देवेन्द्र सिटौला र सचिवमा चुडाहरी ढुङ्गेल, कोषाध्यक्षमा यमनाथ ओझा रहेका छन् ।
त्यस्तै नवगठीत सदस्यहरुमा कृष्ण अचार्य,रमेश ढुङ्गाना,कृष्ण बोगटी,दिपक महत्तो,खेसराज भट्टराई,मान बहादुर श्रेष्ठ र बिजय चौधरी रहेको अखिल नेपाल औधोगिक मजदुर संघका अध्यक्ष बेनी तिमल्सिनाले जानकारी दिएका छन ।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपालको संयोजकमा बिनोद श्रेष्ठ लाई मनोनयन गरिएको छ । सर्बसम्मत निर्वाचित हुनेहरु प्राय. सबै दोस्रो कार्यकालका लागि दोहरिएका हुन् ।
नयाँ थपिने सदस्यहरुमा बोगटी,श्रेष्ठ र चौधरी रहेका छन् । सहसचिव पदको मनोनयन अर्को बैठकले गर्ने जनाएको छ । नव निर्वाचित कमिटीको कार्यकाल दुई बर्षको हुनेछ ।
नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन सुर्य नेपालको आधिकारिक मजदुर युनियनको चुनावमा लगातार साँत कार्यकाल जित्दै आएको छ ।
कम्पनीमा माओवादी निकट नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन र एमाले निकट समग्र मजदुर युनियन गरी दुईवटा सङ्गठनहरु रहेका छन् ।


