बाराको सिमरामा बस अनियन्त्रित भई दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाईते भएका छन् ।
दुर्घटनामा परि भारत मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई हाल पर्सा वीरगञ्ज महानगरपालिका वडा ७ बस्ने बर्ष २७ को मुकेश साह रहेका छन ।
दुर्घटनामा परि घाईते साहलाई पर्सा स्थित बयोधा हस्पिटल गण्डकमा उपचारका लागि लगिएको भएपनि सोही क्रममा डक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
चितवनको जलबिरे झरनाबाट पिकनिक मनाएर वीरगञ्ज तर्फ फर्किने क्रममा सो बस शनिबार राति दुर्घटना भएको हो ।
सिमरास्थित राष्ट्रिय वाणिज्य बैँक अगाडि ना७ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको हो । वीरगञ्जस्थित टाईगर युवा क्लबले बस रिजर्भ गरेर पिकनिक मनाउन गएको थियो ।
मोटरसाईकललाई बचाउँने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
घाईतेहरुको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा ५१ जना सवार थिए ।
चालक फरार रहेका छन् ।गम्भीर घाईतेहरुमा बारा,कलैया उ.म.ना.पा. २० बस्ने अन्दाजी ४५ वर्षीय वीरबहादुर महतो,पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षीय सुरज साह,वडा नं.८ बस्ने १८ वर्षीया प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह घाइते भएका छन् ।
सोही वसमा सवार वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने २३ वर्षीया सेजल गुरूङ,वडा नं.८ बस्ने ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता,वडा नं.१२ बस्ने २७ वर्षीय राजनकुमार गुप्ता घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ बस्ने २८ वर्षीय मोहन साह कानु,कलैया उपमहानगरपालिका ७ बस्ने १८ वर्षीय प्रसाद गुप्ता घाइते भएका छन् ।
सोही दुर्घटनामा वीरगञ्ज वडा नं.७ बस्ने ३५ वर्षीय अविनाश गुप्ता र जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने १९ वर्षीय अनिष राई घाइते भएका हुन् ।
घाईतेहरुको टाउँको,छाती,हाँत,खुट्टा,अनुहार लगायतको भागमा गम्भीर चोट लागेको छ ।उनीहरुको उपचार भइरहेको छ ।

