कलैयामा पाँच दलीय गठबन्धनका राष्ट्रिय सभा सदस्य पदका साझा उम्मेदवारसंग परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगर–५ मा रहेको बरेवा दरबार होटेलको सभाहलमा मंगलवार सो कार्यक्रम भएको हो ।
संयुक्त पाँच दलीय गठबन्धन बाराको आयोजनामा पाँच दलीय गठबन्धनका राष्ट्रिय सभा सदस्य पदका साझा उम्मेदवारसंग परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेशराय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि जसपा पार्टीका राजनीतिक समिति सदस्य समेत रहेका मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव रहेका थिए ।
सो कार्यक्रममा जसपा नेपाल पार्टी बाराका अध्यक्ष रामबाबु प्रसाद यादव,पाँच दलीय गठबन्धनका साझा उम्मेदवार आनन्द ढुङ्गाना,पुजा चौधरी,जसपा नेपाल पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव,दिनेश राई,नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रदिप पौडेल,नेपाली कांग्रेस पार्टीका सह महामन्त्री महेन्द्र यादव,उमाकान्त चौधरी र फरमुलाह मन्सुर लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री यादवले पहिला देखी नै पाँच दलीय गठबन्धन इमान्दारी साथ चल्दै आएको बताए । बाराको क्षेत्र न.–२ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनलाई लिन सक्ने उनले बताए ।
संघीयता कार्यान्वयन गर्नेलाई बनेको हो तर जनमत पार्टीलाई थाहा नै छैन कि कुन गठबन्धनमा छु,उनले भने । जनमत पार्टीले उपराष्टपति,बारा–२ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा आफ्नो उम्मेदवार अनि अहिले राष्ट्रिय सभामा पनि उम्मेदवारी दिएर विपक्षी दललाई मद्दत पुर्याउने काम बन्द गर्नुस् उनले भने ।
पत्रकार सम्मेलनबाट आफ्नो उम्मेदवारी फिर्ता गराउनुस वा संघ र प्रदेश सरकारबाट आफ्नो मन्त्रीलाई राजिनामा दिलाएर एक्लै चुनाव लडन समेत मुख्यमन्त्री यादवले चेतावनी दिएका हुन् ।
पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रिय सभाका साझा उम्मेदवार ढुङ्गाना र चौधरीलाई आफ्नो अमुल्य मतदान गरी अत्याधिक मतले विजयी गराउन समेत मुख्यमन्त्री यादवले आग्रह गरे ।
राष्ट्रिय सभामा ढुङ्गाना र चौधरी नगर र गाउँपालिकाको समस्याहरुलाई समाधान गर्ने समेत उनले बताए ।
नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको गठबन्धनका उम्मेदवारलाई जिताउन बाराका पाँच दलका नेता तथा प्रमुखहरुलाई अपिल गरेका छन् ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस पार्टी मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव,प्रदेश सभा सदस्य लक्ष्मी देवी,महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव,उप प्रमुख तारा देवी,पुर्व संविधान सभा सदस्य प्रमोद गुप्ता,प्रदेश सभा सदस्य बच्चा राउत अहिर,शारदाशंंकर साह कलवार,लोसपा पार्टी बाराका अध्यक्ष नवलकिशोर सिं.ह,नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष अनिल श्रेष्ठ, देवताल गाउँपालिका का अध्यक्ष उदय यादव,उपाध्यक्ष सितापती यादव,करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव,उपाध्यक्ष सुनैना चौधरी,बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल,उपाध्यक्ष लक्ष्मी राय,विवेकशील साझा पार्टी बाराका अध्यक्ष सुशील साह,जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल,फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी,उपाध्यक्ष निलम साह,कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी,उप प्रमुख लक्ष्मी माझी,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादव,उपाध्यक्ष पुनम देवी,आदर्श कोटवाल गाउँपालिका अध्यक्ष जवाहर साह, उपाध्यक्ष मिरा देवी,पाँच दलीय गठबन्धनका नेता,सांसद,प्रदेश सभा सदस्य,नगर प्रमुख,गाउँपलिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संचालन नेपाली कांग्रेस पार्टी बाराका जिल्ला सदस्य रबि करण साहले गरेका थिए ।


