सिम्रौनगढ नगरपलिकाका कर्मचारी तलबका लागि सडकमा

संदिप प्रसाद यादव
373 पाठक संख्या

सिम्रौनगढका नगरपालिकाका कर्मचारीहरु तलब भत्ता लगायतको माग गर्दै सडकमा उत्रेका छन् ।

सिम्रौनगढ नगरपालिकाको कर्मचारीहरुको आयोजनामा सम्पूर्ण कर्मचारीहरुले तलब भत्ता सम्बन्धी दबावमुलक कार्यक्रम कोष तथा लेखा नियन्त्रण कार्यालय बाराको गेट अगाडि प्रदर्शन गरेका छन् ।

सिम्रौनगढ नगरपालिकाका कर्मचारी तलबका लागि सडकमा उत्रिन बाध्य भएका छन् । दस महिना देखि तलब नपाएर उनीहरु समस्यामा परेका हुन् ।

कर्मचारीहरुको पीडा बुझौं,तुरुन्त तलब भत्ता भुक्तानी गरौं,कोलनिका हस्तक्षेप बन्द गरौं,तलब भत्ता भुक्तानी गरौं भन्ने नाराका साथ कर्मचारीहरुले प्रदर्शन गरेका हुन्।

कर्मचारीहरुले घरपरिवार चलाउन धौधौ परेको व्यथा थेग्न नसकेर सडकमा आन्दोलन गर्न बाध्य भएको उनीहरुले बताएका हुन् ।

राजनीतिक दबावमा परि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखले नगरपालिकाको खाता सञ्चालन गर्न नमानी शक्ति पृथकिकरणमा सन्तुलन कायम हुन नसकी यस्तो समस्या उत्पन्न भएको लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले बताए।

संविधानमा उल्लेखित रहेको शक्ति पृथकिकरण अर्थात कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका लगायतको निकायमा एक अर्का लाई कुनै बहानामा कुनै कार्यमा बाधा अवरोध पुर्याउनु हुदैन तर यसमा एक अर्का लाई बाधित बनाउने कार्य भएकोले संघीयता माथी प्रश्न खडा हुने ठाउँ देखिन्छ।

सबै बक्ताहरुले आफ्नो आक्रोश पोख्दै कोष तथा लेखा नियन्त्रकलाई चेतावनी दिदै आ–आफ्नो मन्तव्य राखेका थिए।

Leave a review