महिलाको क्षमता अभिबृद्धिका लागि मैले जितनु पर्छ महिला वडा सदस्य उम्मेदवार –सुर्यज्योती चौधरी

साझेदारी दैनिक
913 पाठक संख्या

रबिन्द्र प्रसाद साह,/
कोल्हबी नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका महिला वडा सदस्यकी उम्मेदवार सुर्यज्योती चौधरीले घरदैलोलाई निरन्तरता दिएकी छिन् ।

कोल्हबी नगरपालिका वडा नं. ३ बाट नेपाली काग्रेसकी उम्मेदवार चौधरीले वडा बासीसँगको भेटघाटलाई तिव्रता दिएकी हुन् ।

महिलाको हक अधिकार सुनिश्चित गर्नको लागि यसभन्दा पहिलाको जस्तो यस पाली पनि मलाई जिताउनु पर्छ भन्ने आग्रह गरेकी छिन । पहिला सिकाई र कोरोनाको कारण आफनो कार्यकालमा अधुरो रहेका कार्यहरुलाई निरन्तरता दिन यस पाली जिताउन आग्रह गरेकी छिन ।

महिलाले भ्रष्टाचार तथा कमिशन जस्ता कुराहरुको बारेमा सोच्न पनि नसक्ने हुँदा पारदर्शीता मार्फत वडाको परिवर्तन गर्न महिलालाई अवसर दिन उनले आग्रह गरेकी छिन् ।

महिलाले नेतृत्व नगरेसम्म महिला सशक्तीकरण नहुने भन्दै महिलाको क्षमता अभिबृद्धि र महिलाको पहुँचका लागि पहिलाको जस्ता यस पटक पनि मलाई माया गरिदिनको लागि वडा वासी सँग आग्रह गरेकी छिन ।

घरदैलोका क्रममा वडाबासीले पनि महिलालाई अवसर दिनुपर्ने प्रतिक्रिया दिएकी छिन् । घरदैलोमा नेपाली काग्रेसका नेता कार्यकर्तासहित वडाबासीको उपस्थिती रहेको थियो ।

Leave a review

This will close in 0 seconds