कलैया सिटी जेसीजको १५ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम शनिबार कलैयामा सम्पन्न भएको छ ।
बाराको कलैयामा रहेको करण राज पार्टी प्यालेसको प्राङ्गणमा एक समारोह बीच उक्त सम्पन्न भएको हो ।
प्रमुख अतिथि मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री रमेशप्रसाद कुर्मीले कार्यक्रमको उद्घाटन गरेका थिए ।
उनले कलैया जेसीजले कलैयामा मात्र नभई अरु अरु ठाउँमा पनि राम्रो काम गर्दै आएको र अहिलेको परिवेशमा परिवर्तनको खाँचो रहेको बताएका छन् ।
कलैया सिटी जेसीज बर्ष २०२४ को अध्यक्ष जेसी पवन कुशवाहा निर्वाचित भएपछि अब कलैया जेसीजले अझ फडको मार्ने उनले विश्वास व्यक्त गरे ।
उनले पूर्व–पश्चिम् हुलाकी राजमार्गका सडकलाई हरियाली बनाउनमा सामाजिक कार्यहरु गर्दै आएको हुनाले सम्पूर्ण सिटी जेसिजलाई सहयोग गर्न उनले आग्रह गरे । फलफुलको विरुवाहरु कलैया सिटी जेसीजलाई उपलब्ध गराउने र वृक्षरोपण गर्न समेत मन्त्री कुर्मीले बताए ।
कलैया सिटी जेसीज २०२३ का डाईनमिक अध्यक्ष जेसी सुभाष जयसवालको अध्यक्षतामा सो कार्यक्रम भएको हो । सो कार्यक्रममा मनकामना बोर्डिङ्ग स्कुलका पन्च कन्याहरुले स्वागत नृत्य गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै २०२३ का अध्यक्ष जयसवालले २०२४ का अध्यक्ष पवन कुशवाहालाई आफुले हरदम सल्लाह सुझाव दिने जनाए । संस्थाको विकासका लागि सदैव लागि रहने प्रतिवद्धता उनले व्यक्त गरे ।
२०२४ का मुख्य निर्वाचन अधिकृत २०२२ का अध्यक्ष सन्दिप बरै रहेका थिए ।
२०२३ का डाईनमिक अध्यक्ष जैसवालले २०२४ का अध्यक्ष कुशवाहा समेत सम्पूर्ण पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।कलैया सिटी जेसिज २०२४ का लागी अध्यक्ष पवन कुमार कुशवाहा,२०२३ कानि.वर्तमान अध्यक्ष सुभाष जैसवाल,कार्यकारणी उपाध्यक्ष गणेश ठाकुर,सि.ए प्रदिप कुशवाहा,कानुनी सल्लाहकार आदिल अन्सारी,महासचिव विजय गिरि उर्फ राज कुमार,कोषाध्यक्ष ओम प्रकाश सरार्फ,उपाध्यक्ष मनिष चौरसिया,सुरज गिरि,अकाश गुप्ता र शेषनाथ पासवान सहित ११ सदस्यीय पदाधिकारीहरु रहेका छन् ।
त्यस्तै २०२४ का अध्यक्ष कुशवाहाका मुख्य सल्लाहकारमा शम्भु गुप्ता,रामबालक राउत अहिर,रामबाबु कुशवाहा,सन्दिप बरै,राजेश कुशवाहा र गोपाल केडिया रहेका छन् ।
२०२४ का बोर्ड सल्लाहकारमा बैजु दास,राजेश महतो र अनिल कुशवाहा रहेका छन् ।
त्यसैगरी मनोनयन पदमा मिडिया संयोजक संदिप यादव,तालिम संयोजक मुकेश स्वर्णकार,खेलकुद संयोजक राहुल सरार्फ,कोष वृद्धि संयोजक सन्दिप साह,आई.टि संयोजक उमेश साह गोढ,थिम डाईरेक्टर राजा जैसवाल,शाखा सम्पादक श्रवण साह,महिला वृद्धि संयोजक प्रज्ञा अधिकारी,एरिया वृद्धि संयोजक धर्मेन्द्र यादव,सदस्य वृद्धि संयोजक आशिष गुप्ता र वातावरण संयोजक संजय कुशवाहा रहेका छन् ।
२०२४ का अध्यक्ष कुशवाहाका भावी योजना मध्ये रक्तदान कार्यक्रम,आँखा,दन्त शिविर,बैंकर नाईट,क्रीकेट र फुटबल प्रतियोगिताहरु रहेका छन् ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समिति बाराका पुर्व सभापति नवल किशोर सिंह,बारा क्षेत्र –३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,कलैया क्रीकेट क्लबका अध्यक्ष तसरुदिन अन्सारी,नेकपा माओवादी केन्द्र बाराका नगर अध्यक्ष मुकेश साह,नेपाली कांग्रेस पार्टी बारा क्षेत्र –४ ख का सभापति लोकेश सिंह,कलैया सिटी जेसिजका संस्थापक अध्यक्ष रामनिवास कुशवाहा,२०१८ का कलैया सिटी जेसीजका अध्यक्ष धनिलाल सर्राफ,२०१९ का राजेश कुशवाहा,२०२० का अध्यक्ष विपिन चौधरी,२०२१ का शम्भु गुप्ता,२०२२ का अध्यक्ष सन्दिप बरै,२०२३ का प्रथम महिला ममता जैसवाल,सिमरा जेसिज २०२४ का अध्यक्ष लक्की रिजाल,चपुर सिटी २०२४ का अध्यक्ष जानुका सापकोटा,हरिवन २०२३ का अध्यक्ष राजेश चौधरी, हेटौडा २०२४ का अध्यक्ष विकेश लाल श्रेष्ठ,हेटौडा लेडि २०२४ का संजिता केसी,कलैया उपमहानगरपालिका वडा नम्बर २ का वार्ड अध्यक्ष रजेश महतो,८ का वार्ड अध्यक्ष रन्जित चौरसिया,कम्प्युटर एशोसिएशन बाराका अध्यक्ष सन्जय केशरी तथा कलैया सिटी जेसिजका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको संयोजक जेसी विजय गिरि/राज कुमार रहेका थिए भने कार्यक्रमको सञ्चालन कलैया सिटी जेसिज २०२४ का कानुनी सल्लाहकार जेसी आदिल अन्सारीले गरेका थिए ।


