बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

साझेदारी दैनिक
433 पाठक संख्या

कलैया । बाराको कलैयामा शनिबार राति करिब साढे ८ बाजे भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं. १६ का ५५ वर्षीय उद्धवप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कलैया उपमहानगरपालिका वडा नं. २४ सखुई मा सो दुर्घटना भएको हो। पिलुवा कलैया सडक खण्डमा पिलुवाबाट कलैया तर्फ जादै गरेको बा.प्र.०१–०२५ च ४९५३ नं.को कार रोकिरहेको अवस्थामा सोही दिशा तर्फ जादै गरेको ना ५६ प ६६९८ नम्बरको मोटरसाइकलले कारमा ठक्कर खाई मोटरसाइकल अनियन्त्रित भएको हो।

मोटरसाइकल चालक यादव कलैया बाट पिलुवा तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३२९० नं.को बसको पछाडिको दाहिने चक्कामा परी घटनास्थल मै मृत्यु भएको हो।

तीन (३) वटै सवारी साधन घटनास्थलमा नै रहेको, कार र बसको चालक फरार रहेको र खोजतलाश कार्य पश्चात नियन्त्रणमा लिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

घटनास्थलमा प्रहरी चौकी जैतापुर बाराबाट प्रहरी सहायक निरीक्षक निल मैनालीको कमाण्डमा २ जना, जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेश राज भट्टको कमाण्डमा र इलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी निरीक्षक सुभाष शाहको कमाण्डमा मुचुल्का सहित सोको टोलि खटेको छ। प्रहरी चौकी जैतापुर बाराबाट घटनास्थल सात किलोमिटर टाढा रहेको छ।

घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds