बारा प्रहरीले बिभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।
प्रहरीले चोरी मुद्दामा अदालतबाट २० दिन कैद र एक हजार रुपैया जरिवाना पाएका बाराको निजगढ नगरपालिका वडा नं. ६ बस्ने अन्दाजी २५ वर्षीय बिक्रम घलानलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
त्यस्तै प्रहरीले सवारी ज्यान मुद्दामा अदालतबाट ३ महिना १९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना पाएका जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.५ नदिया टोल बस्ने अन्दाजी २८ वर्षीय सुनिल पासवान पनि पक्राउ परेका हुन् ।
बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

