३४ लाख बराबरको समानसहित ट्रक बारा प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
497 पाठक संख्या

बारा प्रहरीले ३४ लाख बराबरको समान तथा प्याजसहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यलयहरूबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा गाडीहरूलाई रोकी चेक जाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको हो ।

विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य ३४ लाख ८७ हजार २ सय १८ रूपैया बराबरको रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.७ जीतपु वीरगंजबाट पथलैया तर्फ जादै गरेको ग.१ ख ५९१४ नम्बरको मिनि ट्रकमा ६ हजार किलो अन्दाजी मुल्य ३ लाख २४ हजार,ग.३ च ६४१३ नम्बरको पिकअपमा प्याज ३ हजार किलो अन्दाजी मुल्य १ लाख ५० हजार,म.प्र.२-०३-००१ च ३३०४ नम्बरको पिकअपमा प्याज २ हजार ७ सय किलो १ लाख ३५ हजार, म.प्र.०३-००१ च ७०९८ नम्बरको पिकअपमा प्याज ३ हजार ५० किलो अन्दाजी मुल्य १ लाख ६७ हजार ७ सय ५०, म.प्र.२-०३-००१ च ५६२५ नम्बरको पिकअपमा प्याज २ हजार ७ सय किलो अन्दाजी मुल्य १ लाख ३५ हजार,बा.प्र. ०३-००१ च ०३०६ नम्बरको पिकअपमा प्याज ३ हजार किलो अन्दाजी मुल्य १ लख ४१ हजार,बा.प्र.०३-००१ च १९७२ नम्बरको पिकअपमा प्याज २ हजार ७ सय किलो अन्दाजी मुल्य १ लाख ३५ हजार रुपैया बराबरको प्याज बरामद गरेको छ ।

त्यस्तै ना. २ख ९४२८ को ट्रकबाट ११ लाख ९२ हजार ९ सय ७४ रुपैयाँ बराबरको खुद्रा समान बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. २१ अमलेखगंजमा वीरगंजबाट हेटौडा तर्फ जादै गरेको गाडि नम्बर ना.६.ख.७९७२ मा किराना समान अन्दाजी मुल्य ११ लाख ६ हजार ४ सय ९४ रुपैयाँ बराबरको समान बरामद गरेको छ ।

उक्त समानसहित गाडिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रवक्ता न्यौपानेले बताए ।

Leave a review