अबैध लागू औषध गांजा सहित चौधरी पक्राउ

राजेश कुशवाहा
747 पाठक संख्या

कलैया : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थित सडक खण्डमा एक यात्रु बाहक बस बाट बुधबार अबैध लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बिष्णु गाँउपालिका वडा नम्बर ३ मधुवनगोठ बस्ने ५४ बर्षिय विरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनको साथबाट अबैध लागू औषध गाँजा ७ किलो ४७० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी पथलैया बाराबाट प्रहरी नायब निरिक्षक बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले पथलैया चोक स्थितमा नारायणघाटबाट मलंगवा तर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उनलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो ।

चौधरीले बोकेको झोला भित्र लुकाई झिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको अबैध लागु औषध गाँजा सहित उनलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भई रहेको बाराका निमित्त सुचना अधिकारी खेम प्रसाद नेपालले जानकारी दिएका छन्।

Leave a review

This will close in 0 seconds