जिल्लाको शान्ति सुरक्षामा चुनौती आउन नदिन सर्वदलीय बैठक

संदिप प्रसाद यादव
466 पाठक संख्या

जिल्ला प्रशासन कार्यालय बारामा मंगलवार राजनीतिक दल एवं सरोकारवालाको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको अध्यक्षतामा बसेको बैठकले सामाजिक एवं धार्मिक सौहार्दता कायम गरी जिल्लाको शान्ति सुरक्षामा चुनौती आउन नदिन ६ बुदे निर्णय गरिएको छ ।

हालैका दिनहरुमा रौतहट र पर्सा लगायतका जिल्लामा सामाजिक सदभाव विग्रने खालका गतिविधीहरु भइरहेको सन्दर्भमा यस जिल्लामा शान्ति सदभाव कायम राखे सम्बन्धमा छलफल भएको छ ।

पछिल्लो समय छिमेकी जिल्लाहरुमा सामाजिक धार्मिक सदभाव विग्रने खालका गतिविधिहरु देखिएको र सो को प्रभाव बारा जिल्लामा समेत पर्न सक्ने देखिएकोले सर्वदलीय एवं सरोकारवालाहरु विच वैठक बसेको हो ।

बैठकले सदियौं देखिको सामाजिक सद्भाव र शान्ति सुरक्षामा आँच आउन नदिने प्रतिवद्दता सहित विभिन्न निर्णयहरू गरियो।

सोहि निर्णय वमोजिम बुधवार ९ गते विहान ७ः३० बजे जिल्ला प्रशासन कार्यालय परिसर कलैयावाट सर्वपक्षीय सद्भाव र्‍याली आयोजना गरिएको हुँदा सवै राजनीतिक दल, जनप्रतिनिधि,धार्मिक संघसँस्था नागरिक समाज,सँचारकर्मी, शिक्षक,कर्मचारी,सुरक्षाकर्मी,स्थानीय क्लव लगायत आम बारा निवासी दिदिबहिनी दाजुभाइलाई र्यालिमा उपस्थित भई सामाजिक सद्भाव कायम गर्ने कार्यमा योगदान पुर्‍याउनु हुन हार्दिक अनुरोध छ।

त्यस्तै कुनै समुदायहरुका बीचमा कुनै समस्या,विवाद देखिएमा जिल्ला प्रशासन वा सुरक्षा निकायमा जानकारी गराउने र संवादका माध्यमबाट विवाद निरुपण गर्ने र दुवै समुदायले एक अर्का समुदाय प्रति सदभाव तथा भाइचारा बनाइराखे,धार्मिक,साप्रदायिक सदभाव विग्रने गरी एक अर्कालाई आक्षेप,गालीगलौज नगर्ने,गराउन नदिने निर्णय भएको छ ।

त्यसैगरी सबै जनप्रतिनिधि,राजनीतिक दल,संघ संस्था तथा सबै सरोकारवालाहरुले आ–आफ्नो एकाई पदाधिकारी तथा व्यक्तिहरुलाई सदभाव विगार्ने अनावश्यक गतिविधिमा सहभागी नहुन तथा सदभाव बनाई राख सर्कुलर,अनुरोध तथा निर्देश गर्ने निर्णय भएको छ ।

सामाजिक,धार्मिक सदभाव विगार्ने कुनै गतिविधि भए गरेमा प्रचलित कानुन बमोजिम कडाईका साथ कारवाही गर्ने निर्णय भएको छ ।

सामाजिक धार्मिक सदभाव विग्रने खालका उच्छृंखल,उक्साउने खालका र बढाईचढाई गरी सामाजिक सञ्जालमा लेखे,भिडियो पोष्ट गर्ने कार्य नगर्न अनुरोध गर्ने र गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने भएको छ ।

सबै राजनीतिक दलहरुले सामाजिक धार्मिक सद्भाव राख्न साझा प्रेस विज्ञप्ति जारी गर्ने र सबै सरोकारवाला सहित सद्भाव र्‍याली आयोजना गर्ने निर्णय भएको छ।

उक्त बैठकमा नेपाली कांग्रेस पार्टी बाराका प्रतिनिधि चन्दिका प्रसाद गुप्ता,नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष बिनोद साह,नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का प्रतिनिधि मुकेश साह,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक चन्दन कुमार स्वर्णकार,राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला संयोजक गिरधारी प्रसाद चौधरी,जसपा पार्टीका जिल्ला अध्यक्ष रामबाबू प्रसाद यादव,जनमत पार्टीका जिल्ला अध्यक्ष शिवनाथ पटेल,नेकपा एकीकृत समाजवादी पार्टी बारा–३ का क्षेत्रीय संयोजक विरेन्द्र प्रसाद यादव,नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशका अध्यक्ष रामचन्द्र चौधरी,नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादव,विवेकशील साझा पार्टीका जिल्ला अध्यक्ष डा.सुशील साह तथा नेपाल जनता दलका केन्द्रिय सदस्य गोपाल दास लगायतको उपस्तिथि रहेको थियोे ।

Leave a review

This will close in 0 seconds