बारामा ६ जनामा कोरोना संक्रमण पुष्टी,जीतपुरसिमरामा चार, कलैयामा दुई जनामा कोरोना संक्रमण भेटियो

साझेदारी दैनिक
साझेदारी दैनिक 405 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको कोरोना बिशेष अस्पतालमा गरिएको पिसिआर परिक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिएको छ ।

कोरोना पोजेटिभ देखिनेमा उपहानगरपालिकाको एक जना स्वास्थ्य अधिकृत ,सशस्त्र प्रहरी कार्यालय पथलैयाका जवान दुई जना र संक्रमतिको सम्पर्कमा आएका छातापिपराका एक जना गरी चार जनामा कोरोना पोजेटिभ देखिएको कोरोना बिशेष अस्थाई अस्पताल सिमराका डा.दिपक गिरीले जानकारी दिनुभयो ।

साउन १८ सङकलन गरिएको ६६ जनाको स्वाब प्रदेश नं.३ को हेटौडाको प्रयोगशालामा परिक्षण गरिएको थियो । जसमा चार जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै साउन १६ गते १ सय ५० जनाको स्वाब संकलन गरिएको छ । जसमा उपमहानगरपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र कन्ट्याक्ट ट्रेसिङगमा परेका सर्बसधारणहरु रहेका छन् ।

संकलन गरिएको स्वाब नारायाणी अस्पताल बिरगंजको प्रयोगशालामा पठाईएको छ । जसको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत जितन ठाकुरले जानकारी दिनुभयो । यो सँगै जीतपुरसिमरा उपमहानगरपालिकामा कोरोना भाईरस संंक्रमितको सङख्या २० पुगेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा स्वाब संकलन भई परिक्षणको क्रममा रहेको रिपोर्टले सङख्या बृद्धि गर्नेतर्फ नारायणी अस्पतालको प्रयोगशालाले संकेत गरेको छ । यसैक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले अतिआवश्यक काम बाहेक सम्पुर्ण सेवाहरु एउटा सुचना निकालि बन्द गरिदिएको छ ।

यसैगरी वीरगंजको नारायणी अस्पतालमा भएको परिक्षणमा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिएका छन । संक्रमित हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने पर्सा घर भएका २९ बर्षिय एक पुरुष र फेटा गाँउपालिका वडा नमबर ४ निवासी २८ बर्षिय युवकमा संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।

संक्रमितहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ शैक्षिक तालिक केन्द्र गंगापुरको आइसोलेसनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिएका छन । उनीहरुको परिवार र सम्पर्कमा आएको ब्यतिmहरुको खोजतलास भईरहेको प्रवतmा मिश्रले जनाए ।

समाचार शेयर गर्नुहोस
Leave a review