मेलबर्नमा भयो १३औं कँडेल कन्सल्टेन्सी कप

साझेदारी दैनिक
460 पाठक संख्या

अष्ट्रेलियाको मेलबर्नमा १३औं कँडेल कन्सल्टेन्सी कप सफलतापुर्वक सम्पन्न भएको छ ।

अष्ट्रेलिया भरबाट सो कपमा ४० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि भएका टिमहरुले खेल कला तथा क्षमता प्रदर्शन गरेका हुन् ।

१३औं कँडेल कन्सल्टेन्सी कपको बिजेता सेन्टजर्ज नेपाली क्लब, सिड्नी भएको छ । कँडेल कन्सल्टेन्सीले बिगत १३वर्ष देखी यती क्लब मेलबर्नको सहकार्यमा खेलको प्रायोजन गर्दै आएको हो । सो कुराको जानकारी कन्सल्टेन्सी सञ्चालक राज कंडेलले जानकारी गराए ।

१३ औं कँडेल कन्सल्टेन्सी कपको सफलतापुर्वक सम्पन्न भएकोमा उनले सम्पूर्ण टिमका खेलाडीहरुलाई शुभकामना व्यक्त गरे । खेलप्रतिको रुची,लगाव र मेहनत सराहनीय रहेको उनले जनाए ।

शुभेच्छुक लगायत मेलबर्न वासी एवम् सम्पूर्ण नेपाली समुदायलाई उनले शुभकामना व्यक्त गरे । यस बृहत कार्यक्रमको साक्षी बनि खेलाडीहरुको उत्साह बढाइ दिएकोमा उनले हार्दिक धन्यवाद व्यक्त गरे ।

सहभागिता र साथले अष्ट्रेलियामा खेल क्षेत्रमा अगाडी बढ्न खोजिरहेका र सम्पूर्णलाई उत्प्रेरणा दिएको उनले जनाए । बिगत केहि समयदेखी अष्ट्रेलियामा नेपाली खेलाडीहरुको बाक्लो उपस्थिति रहदै आएको छ ।

Leave a review

This will close in 0 seconds