एसईई परीक्षामा अनियमित कार्य गर्ने दुई जना शिक्षक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
1.3k पाठक संख्या

बारा प्रहरीले एसईई परीक्षामा अनियमित कार्य गर्ने दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

बिहीबारबाट सञ्चालन भएको एसईई परीक्षामा परीक्षा केन्द्रमा खटिएका शिक्षक र गार्डले परीक्षार्थीहरूलाई चिट चोराउने कार्य गरेकोले दुई जना शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा बाराको देवताल गाँउपालिका वडा नं.६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नं.२ स्थित रहेको श्री अमर माध्यमिक विद्यालय दोहरीमा कार्यरत शिक्षक अन्दाजी ४३ वर्षीय सुरेन्द्र प्रसाद यादवले मोबाईलमार्फत चिट चोराउन सहयोग गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको आदर्शकोतवाल गाँउपालिका वडा नं.३ भटिनिया घर भई बारागढी गाँउपालिका वडा नं.१ स्थित रहेको श्री जनता माध्यमिक विद्यालय बुधगाईमा गार्डको रूपमा खटिएको अन्दाजी ४५ वर्षीय विनोद प्रसाद यादवले नक्कली गार्ड बनेर चिट चोराउन सहयोग गरेको बारा प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जना शिक्षकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds