कोल्हवी : बाराको कोल्हवीमा रहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले ऋण बिमा बापतको मुत्यु दाबी भुक्तानी रकम दुई शेयर सदस्य परिवारलाई हस्तान्तरण गरेको छ ।
सहकारी संस्थाले कोल्हबी नगरपालिका वडा नम्बर १ खैरा निवासी शेयर सदस्य स्वर्गीय मिठु देवकोटाको परिवार र कोल्हबी नगरपालिका वडा नम्बर ६ निवासी स्व.रघुनाथ पनुहरको परिवारलाई ऋण विमा वापतको रकम भुक्तानी सोमबार गरेको संस्थाले जनाएको छ ।
मृत्यु भएका शेयर सदस्यको घरपरिवारमा नै गएर सहकारीका प्रतिनिधिहरुले दाबी भुक्तानी रकम हकवालाहरुलाई हस्तान्तरण गरिएको हो ।
देवकोटा परिवारलाई रु ४ लाख ४४ हजार ९ सय ८८ रुपैया र पनुहर परिवारलाई रु ७६ हजार ९ सय ८८ रुपैया विमा रकमको चेक हस्तान्तरण गरिएको सहकारीका मुख्य प्रबन्धक बासुदेव रिमालले बताउनु भएको छ ।
सहकारीले ऋण लगानी गर्दाको सिटिजन्स लाईफ ईन्स्योरेन्स मार्फत ऋणको विमा गर्ने गरेको र यदी ऋणी सदस्यको कुनै कारणबस मृत्यु भए मृत्यु हुने दिनसम्म बाँकी रहेको ऋण बापतको रकम विमा मार्फत भुक्तानी गरिने मुख्य व्यवस्थापक रिमालले जानकारी दिएका छन ।
चेक हस्तान्तरण कार्यक्रममा सहकारी संस्थाका उपाध्यक्ष पृथ्वीराज शिवाकोटी,ऋण उपसमितिका संयोजक मोकदम अन्सारी,मुख्य प्रबन्धक रिमाल,ऋण शाखा प्रमुख विजय चौधरी संचालक,ऋण समिति सदस्य,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको संस्थाले जनाएको छ ।

