किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सुरु

संदिप प्रसाद यादव
933 पाठक संख्या

न्यू फ्रेन्ड्स क्लवको आयोजनामा र प्रसौनी गाउँपालिकाको कार्यालयको सहयोगमा सोमबार देखि किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

बाराको प्रसौनी गाउँपालिकामा रहेको श्री बेंगा साह माध्यमिक बिधालयमा एक कार्यक्रम बीच स्कुलमा किशोरी आत्मरक्षा सम्बन्धी दुई दिने तालिम सुरु भएको हो ।

न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष राजेश कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रसौनी गाउँपालिका कि उपाध्यक्ष किरण देवीले तालिमको उद्घाटन गरेकी हुन् । उपाध्यक्ष किरण देवीले आत्मरक्षा तालिम लिएपछि किशोरीहरुमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरिन् ।

उनले यौनजन्य हिंसाबाट बच्न सकिने बताइन् । आत्मरक्षा सम्बन्धी जानकारी भएमा आफूलाई परिआएको बेला त्यसलाई प्रयोगमा ल्याउन सकिने उनको भनाइ रहेको थियो । पछिल्लो समय महिलाहरू असुरक्षित बन्दै गएको उनले जनाइन् ।

उनीहरूको आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको न्यू फ्रेन्ड्स क्लवका अध्यक्ष कुशवाहाले बताए ।

श्री बेंगा साह माध्यमिक बिधालयका कक्षा ९ का ८६ जना छात्राहरु गरी दुइ इभेन्टमा तालिम संचालन भएको थियो ।

उक्त तालिममा महिलाहरूले घरेलु हिंसा,साथीभाइबाट हुने हिंसा,सहकर्मीबाट हुने हिंसा,शिक्षक वा गुरुबाट हुने हिंसा,पारिवारिक हिंसा लगायतका कुराहरु बारे जानकारी दिइएको हो ।

हिंसालाई कसरी पहिचान गर्ने र त्यसबाट कसरी आफ्नो बचाउ गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा बालअधिकार,यौनजन्य हिंसा,हेपाई,तनाव जस्ता घटनाहरुको बारेमा सिकाइने छ ।

सो तालिममा अनिल कुमार कुशवाहा,जुही मेहता,जुगली दासले प्रशिक्षण दिइरहेका छन् । तालिमको सहायक प्रशिक्षक कुसुम मण्डल र वर्षा चौधरी रहेका छन्।

उक्त कार्यक्रममा सुरेश कुमार गुप्ता,सामाजिक विकास शाखाका प्रमुख प्रदिप साह,श्री बेंगा साह माध्यमिक बिधालयका प्रधानाध्यापक मनोज साह,सामाजिक बिकास शाखाका सहायक मनोज गुप्ता,स्थानीय शिक्षिका मधु गिरी र समाजसेवीहरु लगायतको उपस्थिति थियो ।

सो कार्यक्रमको संचालन अनिल कुशवाहाले गरेका थिए ।

Leave a review