जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले बाराबाट जाने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले हाल रहेका प्रहरी प्रमुख एसपी काफ्लेलाई सरुवा गरेसंगै उनी बाराबाट जाने भएका हुन । एसपी काफ्लेलाई नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत,अपराध अनुसन्धान शाखामा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले काफ्लेको ठाउँमा प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक महेन्द्र खड्कालाई पठाउने भएको छ । एसपी खड्का हाल नेपाल प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखा नक्सालमा कार्यरत छन । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेशका अन्य केहि जिल्लाको प्रहरी प्रमुख पनि हेरफेर गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले १६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवा/काज गरेका हुन् ।
प्रहरी उपरिक्षक काफ्ले २०८० भदौ २४ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । उनले बारामा ७ महिना काम गरेका छन ।


