कलैया : राष्ट्रिय वैश्य महासंघ जिल्ला कार्य समिति बाराको अध्यक्षमा शिवजी सर्राफ चयन भएका छन्।
उपाध्यक्षमा वैद्यनाथ मधेशी तेली,भगवानलाल प्रसाद रौनियार, राजाप्रसाद दास कथवनिया,रमेशप्रसाद साह सुढी रहेका छन् ।उपाध्यक्षमा एक पद कलवार जातिकोलागि रिक्त राखिएको छ।
महासचिवमा उमेशचन्द्र गुप्ता कानु,सचिवमा मुकेश पंडित प्रजापति, अमलेशकुमार गोढ,प्रतिक्षा गुप्ता कानु,कोषाध्यक्षमा मनोज साह तेली रहेका छन्।
कोषाध्यक्ष पदमा एक पद कलवार जातिको लागि रिक्त राखिएको छ।
सदस्यमा कुशेश्वरसाह रौनियार,श्रीमति मैथिली देवी प्रजापति,श्रीमती बबितासाह तेली,जंगबहादुर साह गोढ,दिपेन्द्र भगत सुडी,विजयसाह कानु हलुवाई,राजकुमार साह सोनार लगायतका रहेका छन्।
बाराको कलैयामा भएको एक भेलाले महासंघ गठन गरेको हो। महासंघ बाराका पूर्व अध्यक्ष श्याम गुप्ताको अध्यक्षतामा शनिबार सो भेला भएको हो।
भेलामा केन्द्रिय प्रतिनिधि तथा केन्द्रिय सचिव बजरंगी साहको रोहबरमा सो समिति गठन भएको हो।
भेलामा महासंघका केन्द्रिय अध्यक्ष परमेश्वर महासेठ,मार्गदर्शक मण्डलका अध्यक्ष विश्वनाथ साह,केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामचन्द्र साह,पूर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साह,प्रदेश सभा सदस्य जितेन्द्र सोनल,शारदाशंकर प्रसाद साह,जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साह लगायतको सो अवसरमा विशेष उपस्थिति रहेको हो।
यस्तै सो भेलामा संविधान सभासद प्रमोद गुप्ता,पूर्व प्रदेश सभा सदस्य राजेश्वर साह,पारस साह,कलैया उपमहानगरपालिकाका मेयर विनोदप्रसाद साह,सिम्रौनगढका मेयर किशोरी प्रसाद कलवार,बारागढी गाउँपालिकाका अध्यक्ष अशोकप्रसाद जयसवाल,जिल्ला समन्वय समिति बाराका पूर्व उपसभापति पवनकुमार व्याहुत लगायतको सो अवसरमा उपस्थिति रहेको हो।
सो भेलामा कलवार कल्याण समाज,तेली कल्याण समाज,कानु कल्याण समाज,केशरी कल्याण समाज,कथवनिया कल्याण समाज, गौढ कल्याण समाज,रौनियार कल्याण समाज,प्रजापति कल्याण समाज,सुढी कल्याण समाज तथा लहेरा कल्याण समाज लगायत विभिन्न वैश्यवर्गका जातिगत संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको हो।


