गरिबहरुका लागि घर बनाइ दिने भन्दै ठगि गर्ने गिरोह पक्राउ

साझेदारी दैनिक
232 पाठक संख्या

गरिबहरुका लागि घर बनाइ दिने भन्दै ठगि गरिरहेका गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

यसरी ठगि आरोपमा रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी,३२ वर्षीय प्रकाश माझी,गरुडा नगरपालिका–६ पोठियाहीका ४० वर्षीय राकेश महरा,गरुडा नगरपालिका–५ शिवनगरका ७१ वर्षीय मुगलाल महरा,गरुडा नगरपालिका–९ का ४५ वर्षीया रामकली देवी गरुडा नगरपालिका–९ गेडिगुठीका २५ वर्षीय सिकिन्द्र ठाकुर लोहार पक्राउ परेका हुन ।

उनीहरुले जिल्लाकै माधवनारायण–८ रजवडा टोलका विपन्नहरुलाई मधेस प्रदेशको शहरी विकास मन्त्रालयले गरिब तथा विपन्न वर्गका परिवारलाई आवास बनाइदिने कार्यादेश प्राप्त भएको छ भनी विभिन्न लोभलालच देखाएर प्रति घर १० हजारदेखि ४० हजारसम्म खर्च लाग्छ भनी ठगि गरेको प्रहरीको आरोप छ ।

उनीहरुले सो क्षेत्रका करिब एक सयभन्दा बढी मानिसहरुसंग रकम ठगि गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Leave a review

This will close in 0 seconds