पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा महागढीमाई नगरपालिकाले दियो पाँच दिन सार्वजनिक बिदा

संदिप प्रसाद यादव
447 पाठक संख्या

कलैया । बाराको महागढीमाई नगरपालिकाले बरियारपुरमा लाग्ने पञ्चबर्षीय गढीमाई मेलालाई दृष्टिगत गरी पाँच दिनको लागि स्थानीय सार्वजनिक विदा दिएको छ।

महागढीमाई नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा ५ दिनको लागि स्थानीय सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतले एक विज्ञप्ति जारी गर्दै गढीमाई पञ्चवर्षीय मेला २०८१ लाई सफल तथा व्यवस्थित रुपमा संचालन,व्यवस्थापन गर्नुका साथै गढीमाई क्षेत्रको पर्यटकीय, सास्कृतिक विकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि मंसिर २६ गते सम्म सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।

आवश्यक सेवा बाहेक नगरपालिका कार्यालय,कार्यालय मातहत रहेका वडा कार्यालय, लसम्पूर्ण सरकारी कार्यालय,वित्तीय संघ संस्था,शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक चार्डपर्व विदा दिइएको सो विज्ञप्तिमा उल्लेख छ।

सो विज्ञप्तिको बोधार्थ मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मधेश प्रदेश,जनकपुधाम र जिल्ला प्रशासन कार्यालय कलैया, बारालाईलाई पठाइएको छ।

Leave a review

This will close in 0 seconds