नारायणी अस्पतालका एकैपटक ४७ जना चिकित्सक र कर्मचारी हटाईयो

साझेदारी दैनिक
326 पाठक संख्या

पर्साको वीरगञ्जमा रहेकाको नारायणी अस्पतालका ४७ जना चिकित्सक र कर्मचारीलाई हटाइएको छ ।

अस्पतालमा दरबन्दी नभई काम गरेका चिकित्सक,स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाइएको हो ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट (मेसु) परिवर्तन भएसँगै कर्मचारी तथा चिकित्सकहरुलाई हटाईएको स्रोतले जनाएको छ ।

अस्पतालका नवनियुक्त निमित्त मेसु डाक्टर एनामुल हकको अध्यक्षतामा बसेको बसेको बैठकले अस्पतालमा लामो समयदेखि दरबन्दी विना दैनिक ज्यालादारीमा कार्यरत ४७ जना स्वाथ्यकर्मी र कर्मचारीलााई हटाउने निर्णय गरेको थियो ।

सोही निणर्य अनुसार कर्मचारीहरुलाई हटाईएको अस्पतालका सूचना अधिकारी सुनिल रौनियारले बताएका छन ।

यसरी हटाइएकामा आठौं तहका मेडिकल अधिकृत चिकित्सक ११ जना,सातौं तहका मेडिकल अधिकृत १ जना,स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ३ जना,रेडियोग्राफर ५ जना,अहेब चार जना, कार्यालय सहयोगी ७ जना रहेका सूचना अधिकारी रौनियारले बताए।

अस्पताल प्रशासनले एक सूचनामा जारी गरी अस्पतालमा दरबन्दी बेगर नियुक्त भई दैनिक ज्यालादारीमा कामकाज गरिरहेकाहरुलाई जेठ २२ गतेदेखि सेवा अवधि समाप्त भएको ती कार्मचारीहरुलाई जानकारी दिईएको छ ।

अस्पताललाई आर्थिक भार थपिएकाले उनिहरुलाई सेवाबाट हटाइएको अस्पतालका निमित्त मेसु डाक्टर हकले बताएका छन ।

उनिहरुलाई ६÷७ महिनादेखि तलब भत्ता पनि अस्पतालले खुवाउन सकिरहेको थिएन । यीसबै कारणले उनिहरुलाई सेवाबाट हटाउनु परेको हो ’ मेसु हकले भने ।

Leave a review