नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार देशको प्रधानमन्त्रीको सपथ लिएका छन् । उनले मन्त्री परिषद विस्तार गरेका छन् ।
एमाले र काँग्रेस मिलेर बनेको नयाँ सरकारमा सहभागी भएका दलहरुका तर्फबाट बिभिन्न मन्त्रालयका मन्त्रीहरुले ओलीसंगै सपथ लिएका छन् ।
मन्त्री परिषदमा पर्सा जिल्लाबाट तीन जना साँसदहरु मन्त्री बनेका छन् । पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका प्रदिप यादव खानेपानी तथा सरसफाई मन्त्री बनेका छन ।क्षेत्र नम्बर २ बाट निर्वाचित भएका अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री भएका छन् ।
क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका राजकुमार गुप्ता संघीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका छन् । जनता समाजबादी पार्टीका तर्फबाट साँसद रहेका यादव तेस्रो पटक मन्त्री बनेका हुन् ।
उनी यसअघि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा वन तथा वातावरण मन्त्री भएका थिए ।
त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।छोटो समयको लागी भएपनि दुई पटक उनी यसअघि मन्त्री भएका थिए । नव गठित मन्त्री परिषदमा यादव तेस्रो पटक पनि मन्त्री बन्न सफल भएका छन ।
पर्साकै क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसबाट निर्बाचित भएका अजय चौरसिया भने दोस्रो पटक मन्त्री बनेका छन्।उनी यसअघि पनि मन्त्री भईसकेका थिए । जिल्लाकै क्षेत्र नम्बर ३ बाट नेकपा एमालेबाट निर्बाचित भएका गुप्ता भने पहिलो पटक मन्त्री बनेका छन् ।
उनी यसअघि मन्त्री बनेका थिएनन ।एमालेले उनलाई यसपालि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।
पर्सामा रहेका चार वटा निर्बाचन क्षेत्रहरु मध्ये क्षेत्र नम्बर ४ बाट निर्बाचित भएका नेपाली काँग्रेसबाट रमेश रिजाल भने प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री भएका थिए ।
पर्साले यसपालि तीन तीन वटा मन्त्रीहरु पाएपछि जिल्लाबासी भने पर्सामा विकासको गति बढने आश गरेका छन् ।


