दुई जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
914 पाठक संख्या

दुई जना फरार प्रतिवादीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

लागू औषध मुद्दामा अदालतबाट २ महिना २५ दिन कैद र १५ हजार रुपैया जरिवाना पाएका बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ०७ खजानीमा बस्ने २९ वर्षीय पप्पु कुमार कुशवाहालाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

त्यस्तै चेक अनादर मुद्दामा अदालतबाट १ महिना कैद र ३ हजार रुपैया जरिवाना पाएका परवानीपुर गाँउपालिका वडा नं.०३ लिपनीमालमा बस्ने ३० वर्षीय सर्वेश कुमार यादव पक्राउ परेका हुन् ।

Leave a review