मधेस प्रदेश सरकारका भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री जनाद्र्धन सिँह पचासौ बर्षदेखि चलिरहेको कार्यक्रम नै कृषि मन्त्रालयले गर्दै आएकोले अब नयाँ कार्यक्रम र उधम ब्यावसायको सिर्जना गर्नुपर्ने बताएका छन ।
नेपाली काँग्रेसले शनिबार वीरगञ्जमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नयाँ कार्यक्रम ल्याएर मधेसमा कृषिको बिकाश गर्न सके देशका अन्य प्रदेशले पनि त्यसलाई नमुना भन्न सक्ने बताउदै आफनो त्यही अनुसार काम गर्ने प्रयास हुने उनले बताए ।
उनले कृषि मन्त्रालयबाट दिईने हरेक अनुदानको रकम दुरुपयोग हुदै अएकाले यसलाई रोक्ने आफ्नो पहिलो काम हुने बताए । मन्त्रालय अन्र्तगत पशु सेवा,कृषि औजार,उन्नत जातको पशु उत्पादन सिँचाईको लागि स्यालो टयुवेल लगायतका सेवाहरु प्रदेशका कृषकहरुले माग्ने गरेकोले यसको बिकाश चुनौतिको बिषय भएको मन्त्री क्षेत्रीले जिकिर गरेका थिए । किसानको लागि आएको अनुदानको ट्याक्टर नेता आफन्तले लिने गरेको गुनासो किसानहरुले गरेको उनले बताएका छन ।
उनले गरिब किसानहरुलाई दिनको लागि आएको टयाक्टर लगायतका अनुदानहरु नेताहरुको ससुरा छोराहरुले लिने गरेको गुनासो किसानले ब्यापक रुपले गरेको बताए । यस्ता गुनासोहरुको समाधान गर्न कृषिको अनुदान गरिब किसानले नै पाउने मन्त्री क्षेत्रीले जिकिर गरे । कृषि अनुदान दिने बेलामा नै वास्तविक किसान हो कि गिटी बालुवा ढुवानी गर्ने ब्यापारी हो भन्ने कुरा हेरेर मात्रै अब अनुदान कृषि अनुदान वितरण दिने उनले जानकारी दिए ।
५/६ दिन मात्रै मन्त्रालयमा आफु बस्दा कृषि यन्त्र वितरणमा पारदर्शीता नभएको भनि ब्यापक गुनासो आएकोले अगामी दिनमा पारदर्शी बनाईने प्रतिबद्धता मन्त्री क्षेत्रीले जनाए । नेपाली काँग्रस पर्साका सभापति समेत रहेका क्षेत्रीले मधेस सरकारमा आफनो नेतृत्वमा काँग्रेस सरकारमा सहभागी भएकोले पर्सा जिल्लाका लागि यो गर्वको बिषय रहेको उनले बताए ।
सम्मान कार्यक्रममा काँग्रेस पर्साका नेता कार्यकर्ताहरुले मन्त्री क्षेत्रीको स्वागत गरेका थिए ।


