नगर प्रमुख यादवद्वारा माधोपुरमा हनुमान मन्दिर उद्घाटन

साझेदारी दैनिक
426 पाठक संख्या

रौतहट,०१ भदौ । ओम प्रकाश यादव/

रौतहटको माधवनारायण नगरपालिका-६ माधोपुर बजारमा नवनिर्मित हनुमान मन्दिरको उद्घाटन गरिएको छ ।

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले शनिबार आयोजित एक कार्यक्रमबिच उक्त मन्दिरको उद्घाटन गरेका छन ।

माधवनारायण नगरपालिकाको २१ लाख भन्दा बढिको लागतमा माधोपुर मठ स्थित निर्माण भएको मन्दिरको मेयर यादवले पुजापाठ गरि बिधिवत रूपमा उद्घाटन गरेका हुन ।

नगर प्रमुख यादवले निर्माण गरिएको बजरङ्गबली हनुमान मन्दिरमा राखिएको मुर्ति अनावरण गर्नुका साथै मन्दिर उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै मेयर यादवले धर्मले हामीलाई अनुशासन सिकाउदै भाइचाराको सम्बन्ध सुदृढ गराउने भएकाले मुलुक भित्र बसोवास गरेका सबै हिन्दु धर्माअवलम्बीहरुलाई समान दृष्टिकोणले हेरिनु पर्ने बताएका थिए।

धर्म, संस्कृतिको उत्थानले समाज रुपान्तरणमा टेवा पुग्ने बताउदै उनले समाजसेवा र सर्वसाधारण नागरिकको पक्षमा आफुले कामएए गर्ने धारणा राखेका थिए।

धार्मिक दृस्टीकोणले सबभन्दा अगाडि रहेको माधोपुर गाउँको चारैतिर मन्दिर नै मन्दिर रहेको बताउदै मेयर यादवले गाउँमा जिर्ण अवस्थामा रहेको सम्पुर्ण मन्दिर आफुले निर्माण गर्ने बताए ।

समाजसेवि नरेन्द्र ठाकुरको पहलकदमिमा अत्याधुनिक डिजाइनमा निर्माण भएको उक्त आकर्षक मन्दिरमा हनुमानको मुर्ति स्थापना गरिएको छ ।

नगर प्रमुख बैजनाथ प्रसाद यादवको प्रमुख आतिथ्य तथा जग्गादाता बिश्वनाथ साहको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रामनरेश राय,माधव नारायणका इन्जिनियर नागेन्द्र यादव, जसपा नेपालका जिल्ला अध्यक्ष श्याम विहारी यादव,माओवाद नेता देव नारायण भगत,एमाले नेता उपेन्द्र साह,नेकपा एसका नेता जयमंगल प्रसाद यादव,जसपा नेपालका नेता हरिनारायण यादव,बिर्झन यादव,वडा अध्यक्षका प्रत्यासी किशोरी महतो लगाएतका नेता,समाजसेवि,भद्रभलादमि एवं सञ्चारकर्मिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन बोलबम कावरिया संघका सचिव नरेन्द्र ठाकुरले गरेका थिए ।

Leave a review

This will close in 0 seconds