प्रतिबन्धित गाँजा सहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ शकराचार्य गेटबाट चेकजाँको क्रममा एक जनालाई पक्राउ गरेको हो ।
पर्सा कालिकामाई गाउँपालिका–३ हरिहरपुर टोल बस्ने ललन पासवानलाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पाँच किलो नौ सय ग्राम गाँजा बरामद गरेको छ ।
यसैगरी सोही स्थानबाट बारा जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगंज बस्ने १९ वर्षीय उमेश थिङ्गलाई पनि गाँजासहित प्रहरीले पक्राउ गरेको छ । संकाष्पद रूपमा पैदल हिंडिरहेका बेला उनलाई प्रहरीले रोकेर जाँच गरेको थियो ।
जाँचको क्रममा थिङको साथबाट प्रहरीले आठ सय ग्राम गाँजा बरामद गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।
गाँजासहित पक्राउ परेका थिङ र पासवानलाई लागु औषध सम्बन्धी कसूरमा अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक कारवाही अघि बढाइएको भारतीले बताए ।


