दुई जना फरार रहेका प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
467 पाठक संख्या

कलैया : बारा प्रहरीले दुई जना फरार रहेका प्रतिवादीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीको कारवाही सिलसिलामा ईलाका प्रहरी कार्यालय कहवीगोठबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट मुद्दामा वारदात पश्चात फरार रहेका तथा लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले बाल विवाह मुद्दामा अदालतबाट ५ सय रुपैयाँ जरिवाना पाएका जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी ४५ वर्ष की कोशीला देवीलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले अपराधिक लाभ मुद्दामा अदालतबाट ३ महिना ३ दिन कैद र ३ हजार रुपैयाँ जरिवाना पाएका सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दिया बस्ने अन्दाजी ३५ वर्षीय मुकेश प्रसाद यादवलाई पक्राउ गरी जिल्ला अदालत बारामा दाखेल गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds