Sajhedari Daily
Latest News from Nepal

कोल्हवीमा महिला हिंसा अन्त्यका लागि कार्यशाला गोष्ठी

बाराको कोल्हवीमा बुधवार महिला हिंसा अन्त्यका लागि कार्यशाला गोष्ठी सम्पन्न भएको छ।कोल्हबी नगरपालिकाको आयोजनामा र संघीय प्रहरी इकाई कार्यालय जनकपुरको सहकार्यमा उक्त गोष्ठीको संचालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोल्हवी नगरपालिकाका नगरप्रमुख भरतबहादुर भण्डारीले गोष्ठीलाई सम्बोधन गदै आउदो दिनमा नगरपालिकाले महिलाहरुलाई अगाडी उकास्नको निम्ति विभिन्न किसिमको कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाएका छन ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक किशोर कुमार दहालले प्रदेश नम्बर दुईमा महिला हिंसा बलात्कार र जघन्य अपराधिक घटनाको बारेमा जानकारी दिएका छन । उनले प्रदेश नम्बर दुईमा महिला हिंसा, छुवाछुत ,दाइजो प्रथा,बोक्सीको आरोपको कारणले महिलाहरु घरेलु हिंसाको सिकार बन्न बध्य भएका कारण सवै क्षेत्रको सहकार्यमा शसक्तिकरण गर्ने कार्यक्रम गर्न आवश्यक रहेको जनाए ।

उपप्रमुख सुनैनादेवी थरुनीको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा बाराका प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंङगेनी, कोल्हवी नगरपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ लगायतकाले सम्बोधन गरेका थिए ।