चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

रासस
307 पाठक संख्या

गाईघाट (उदयपुर),३० भदौ : उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् ।

त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागार्इंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए ।

राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ ।

घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds