खनेपानी मन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भए गुप्ता

संदिप प्रसाद यादव
342 पाठक संख्या

कलैया : बाराको कलैया वडा नम्बर ५ निवासी प्रमोदप्रसाद गुप्ता संघीय सरकारका खानेपानी मन्त्री प्रदीपप्रसाद यादवको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन्।

मन्त्री यादवले गुप्तालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

संविधान सभाका सदस्य समेत रहेका गुप्तालाई नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी समसामयिक राजनीतिक विषयमा उचित समयमा आवश्यक समन्वय एवम् सरसल्लाह गरी कार्य गर्ने प्रयोजनका लागि अवैतनिक प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो।

मन्त्री यादवले आफ्नो प्रत्यक्ष समन्वयमा रही प्रचलित ऐन कानूनको अधिनमा आफ्नो जिम्मेवारी ईमान्दारीपूर्वक पुरा गर्ने विश्वासका साथ गुप्ताको कार्यकालको सफलताको कामना गरेका छन्।

साथै उनले गुप्तालाई हार्दिक बधाई समेत नियुक्तिपत्रमा व्यक्त गरेका छन्। नियुक्तिपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सिंह दरबार एवम् खानेपानी मन्त्रालयको सचिवलाई दिइएको छ।

Leave a review

This will close in 0 seconds