रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी किशोरीको भेटियो शव

राम मण्डल
379 पाठक संख्या

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका स्थित रानीघाट पुलबाट सरिसवा नदीमा आइतबार हाम फालेकी किशोरीको शव भेटिएको छ।

पुलबाट नदीमा हाम फालेर वेपत्ता भएकी किशोरीको शव मंगलबार विहान भेटिएको हो।

पुलबाट हाम फालेर बेपत्ता भएकी बाराको प्रसौनी गाउँपालिका २ बस्ने १६ वर्षीया राधिकाकुमारी दासको शब नदीको किनारमा भेटिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकले जानकारी दिए।

गत आईतबार वडा नम्बर ११ र २४ जोड्ने रानीघाटस्थित सरिसवा पुलबाट हाम फालेकी उद्दारका लागि प्रहरी परिचालन गरिएको थियो।

नदीमा पानीको बहाव बढेका कारण समस्या भएको थियो। किशोरीले नदिमा हाम फाल्नुको कारण अझै पत्ता लागेको छैन। यसमा थप अनुसन्धान भईरहेको भारतीले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds