एमालेको तिहार एवंम छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान

संदिप प्रसाद यादव
492 पाठक संख्या

कलैया : तिहार एवंम छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बाराको कलैया ४ मा रहेको नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी बाराको प्रसार तथा प्रशारण विभागको आयोजनामा गरिएको तिहार एवंम छठ पर्वको शुभकामना आदानप्रदान शनिबार एक कार्यक्रमबिच सम्पन्न भएको हो ।

प्रसार तथा प्रशारण विभागका प्रमुख पुरुषोत्तम साहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे रहनु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नेपाल कम्युनिष्ट पार्टी एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले सञ्चारकर्मीहरुले राम्रो कामको लागि कलम चलाई दिन आग्रह गरेका छन् ।

हामी सरकारमा हुँदा जनताको पक्षमा वकालत तथा काम गर्दै आएको र नेकपा एमालेले जहिले पनि सुख दुखलाई ध्यानमा राखी अगाडि बढेको बताएका छन् ।

त्यही अनुसार विभिन्न विभाग तथा संगठनहरु गठन गरिएको र ती संगठनहरुले ईमानदारीपुर्वक काम गर्ने अपेक्षा लिएको अध्यक्ष पाण्डेले बताए । नेकपा एमालेले मिसन २०८४ लाई मध्यनजर गर्दै काम गरि रहेको बताएका छन् ।

शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरे । उक्त कार्यक्रममा क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनाली,कलैया उपमहानगरपालिका वडा नम्बर–१४ का वडा कमिटीका अध्यक्ष रामचन्द्र यादव,ओ.बि.सि का जिल्ला सचिव अनिल कुशवाहा,सदस्य मनोज कुमार साह,समाजसेवी रामानन्द महतो,छोटेलाल चौधरी,विभिन्न समितिका पदाधिकारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका सचिव शर्मा बैठाले राखेका थिए भने कार्यक्रमको संचालन प्रेस चौतारी बाराका जिल्ला सचिव जिउत प्रसाद यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds