प्रधानमन्त्री कप छनोटमा धनुषा र सिरहा बिजयी

साझेदारी दैनिक
साझेदारी दैनिक 91 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रीकेट छनोट प्रतियोगिता अन्तर्गत शनिबार धनुषा र सिरहा बिजयी भएको छ ।

कलैया स्थित सिद्धेश्वर क्रीकेट खेल मैदानमा सम्पन्न खेलमा धनुषाले रौतहटलाई ५ विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको रौतहटले ३७.१ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाउनसक्यो । रौतहटका डब्लु मलिकले अर्धशतक बनाए । डब्लुले ८७ बलमा ५९ रन बनाए। धनुषालाई सामान्य योगफलमै रोक्न बिक्रान्त कुमार यादवले २५ रन मात्र खर्चिएर ४ विकेट हात पारे ।

१ सय ८० रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको धनुषाले ३४.२ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भयो । धनुषाका विशाल सुस्लिङले अर्धशतक बनाए । बिशालले ६६ बलमा ५१ रन बनाए ।

यसैगरी रौतहटका अलराउन्डर डब्लु मलिकले १५ रन खर्चिएर २ विकेट लिए । धनुषाको जितमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका बिक्रान्त कुमार यादव खेलको प्लेयर अफ द म्याच बने।

यसैगरी अर्को खेलमा सिरहाले सर्लाहीलाई ६० रनले पराजित गरेकोछ । खराब मौसमका कारण ३५ ओभरमा छोट्याएर खेलिएको खेलमा पहिले ब्याटिङ गरेको सिरहाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । सिरहाका प्रदिप पासवानले ६३ बलमा ४५ रन बनाए ।

सर्लाहीका अभय यादवले २० रन खर्चिएर ३ विकेट लिए । १ सय ६३ रनको बिजयी लक्ष्य पछ्याएको सर्लाहीले २७.५ ओभरमै अलआउट हुँदै १ सय २ रन मात्र बनाउनसक्यो। सर्लाहीका विशाल पटेलले २५ बलमा २८ रन बनाए । सिरहाका पार्थिभ यादवले २१ रन खर्चिएर ३ विकेट लिए ।

सिरहाको जितमा सर्वाधिक रन बनाएका प्रदिप पासवान खेलको म्यान अफ द म्याच भए । आजको खेलमा जित निकाल्दै दुई वटै टोलि अंकतालिकाको शिर्ष स्थानमा पुगेकाछन ।

समूह चरणका ३ वटै खेल खेल्दै समूह ए मा रहेको धनुषा २ खेलमा जित र १ मा हार सहित ४ अंकका साथ शिर्ष स्थानमा रहेकोछ भने समूह चरणको १ वटा मात्र खेल खेलेको पर्सा १ जित सहित २ अंकका साथ दोस्रो स्थानमा रहेकोछ । समान अंक भएपनी रौतहट नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहेकोछ ।

रौतहट २ खेलमा १ मा जित र १ मा हार व्यहोर्दै २ अंक सहित तेस्रो स्थानमा रहेकोछ भने समूह चरणको २ वटा खेलमा हार व्यहोरेको महोत्तरी बिना अंक तालिकाको पुछारमा रहेकोछ । पर्साले समूह चरणमा अब २ वटा खेल खेल्नेछ भने रौतहट र महोत्तरीले समान १÷१ खेल खेल्नेछ ।

तेस्तै समूह बि मा रहेको सिरहाले समूह चरणका ३ वटै खेल खेल्दै २ मा जित र १ मा हार सहित ४ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेकोछ भने समूह चरणको १ मात्र खेल खेलेको बारा १ जित सहित २ अंकको साथ दोस्रो स्थानमा रहेकोछ ।

समान अंक भएपनी सर्लाही नेटरनरेटको आधारमा तेस्रो स्थानमा रहेकोछ । सर्लाही २ खेलमा १ मा जित र १ मा हार व्यहोर्दै २ अंक सहित तेस्रो स्थानमा रहेकोछ भने समूह चरणको २ वटा खेलमा हार व्यहोरेको सप्तरी बिना अंक तालिकाको अन्तिममा रहेकोछ ।

बाराले अब समूह चरणमा २ वटा खेल खेल्नेछ भने सर्लाही र सप्तरिले समान १÷१ खेल खेल्नेछ । प्रतियोगिता अन्तर्गत आइतबार २ वटा खेलहरु हुनेछ ।

बिरगंजको नारायणी रंगशालामा बारा र सप्तरी बिच प्रतिस्पर्धा हुनेछ भने कलैयाको सिद्धेश्वर क्रीकेट मैदानमा पर्सा र महोत्तरी बिच प्रतिस्पर्धा हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताकोलागी मधेस प्रदेशको टोलि छनोट हुने यस प्रतियोगिता पुस २५ गतेसम्म संचालन हुनेछ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review