रगतको अभाव बढन थालेपछि वीरगञ्जमा शनिबार तीन स्थानमा रक्तदान को आयोजना गरिएको थियो ।
तीन स्थानमा सम्पन्न भएको कार्यक्रममा एक सय २९ पोका रगत संकलन भएको छ । बीआइटी कलेजले आफ्नो कलेज परिसरमा आयोजना गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।
त्यस्तै नेपाल जनता पार्टीले घण्टाघरमा आयोजना गरेको कार्यक्रममा ५४ जनाले रगतदान गरेका थिए । सत्य साइ केन्द्र प्रदेश २ समितिले शनिवार माइस्थान पार्कमा आयोजना गरेको कार्यक्रममा ४ जना महिलासहित २१ जनाले रगतदान गरेका थिए ।
गर्मीमा मानिसहरु घरबाहिर ननिस्कने हुनाले रक्तदान कम हुने तर केन्द्रमा भने रगत लिन आउने बिरामीहरुको चाँप बढी भएकाले रगतको चरम अभाव भएको छ।
अहिले दैनिक रुपमा नै ६० देखि ७० पोकासम्म रगतको आवश्यकता रहि आएको छ ।तर गर्मीकै कारण रक्तदान कार्यक्रममा पनि कमि भएको कारण रगतको कमि अहिले रक्त सञ्चार केन्द्रमा देखिएको छ ।

