बड्हर्वाबाट ३ जना जुवाडे पक्राउ

रञ्जन यादव
309 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ बड्हर्वाबाट ३ जना जुवाडे पक्राउ परेका छन् ।

तास खेलिरहेको स्थानबाट तीन जनालाई पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

पक्राउ पर्नेमा शिवहरी धिताल,पुरुषोत्त भारती र बिराज थापा मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक चिरञ्जबी दाहालले पक्राउ परेकाहरु गाडीका ड्राईबर र खलासीहरु रहेको बताए ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको जनाईएको छ । उखुबारीमा लुकेर उनीहरु तास खेलिरहेका थिए ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दाहालका अनुसार पक्राउ परेका तीनै जनाले आफुहरु तास खेलिरहेको नभई हेरिरहेको दाबी गरेको बताएका छन् ।

यस सम्बन्धमा तिनै जनालाई नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds