गढीमाई मेलाको अवसरमा महागढीमाई र कलैयाले दिए सार्वजनिक बिदा

संदिप प्रसाद यादव
444 पाठक संख्या

कलैया : बारामा चलिरहेको पञ्चबर्षीय गढीमाई मेलालाई दृष्टिगत गरी बाराका दुई पालिकाले विदा दिने भएका छन ।

गढीमाई नगरपालिकाले र कलैया उपमहानगरपालिकाले मेलाका लागि पाँच दिनको स्थानीय सार्वजनिक विदा दिने भएका हुन ।

महागढीमाई नगरपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै पञ्चवर्षीय गढीमाई मेलाको अवसरमा ५ दिनको लागि स्थानीय सार्वजनिक विदा दिएको जनाएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय प्रसाद कुशवाहाले विज्ञप्ती जारी गर्दै गढीमाई पञ्चवर्षीय मेला २०८१ लाई सफल तथा व्यवस्थित रुपमा संचालन, व्यवस्थापन गर्नुका साथै गढीमाई क्षेत्रको पर्यटकीय,सास्कृतिक विकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि मंसिर २६ गते सम्म सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।

नगरपालिकामा आवश्यक सेवा बाहेक नगरपालिका कार्यालय,कार्यालय मातहत रहेका वडा कार्यालय,सम्पूर्ण सरकारी कार्यालय,वित्तीय संघ संस्था,शैक्षिक संस्थाहरुमा स्थानीय सार्वजनिक चार्डपर्व अन्तरगत विदा दिइएको जनाईएको छ ।

यसैगरी बाराकै कलैया उपमहानगरपालिकाले मंसिर २० गते तथा मंसिर २३, २४, २५ गते चार दिनको लागि सम्पुर्ण निजी तथा सामुदायिक बिद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरका शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवालले एक सुचना जारी गर्दै चार दिनको पठनपाठन बन्द रहने जनाएका छन ।

Leave a review

This will close in 0 seconds